मोरङ ।
लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा फेला परेको छ। गत असोज २१ गतेदेखि सम्पर्कविहीन रहेकी उनलाई स्थानीयले जंगलमा दुर्गन्ध आएको महसुस गरेपछि फेला पारेका हुन्।

प्रहरीका अनुसार, बालिकाको टाउको र शरीर छुट्टाछुट्टै स्थानमा, साथै लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै ठाउँमा भेटिएका थिए। भित्री वस्त्र खोलिएको अवस्थामा शव फेला परेकाले बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।

स्थानीयहरूका भनाइअनुसार, घाँस काट्न गएका महिलाले दुर्गन्ध आएपछि खोजी गर्दा बालिकाको शव देखे र प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङ र लेटाङ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको हो।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयकी कक्षा ५ की विद्यार्थी थिइन्। उनी असोज २१ गते दिउँसो करिब साढे ४ बजे घरबाट निस्किएकी थिइन् र त्यसयता सम्पर्कविहीन थिइन्।

घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालले भनिन्,

“घटनाको स्वरूप अत्यन्त संवेदनशील छ। शव फरेन्सिक र डीएनए परीक्षणका लागि अस्पताल पठाइएको छ र सबै कोणबाट अनुसन्धान सुरु गरिएको छ।”

शव भेटिएपछि स्थानीयवासी स्तब्ध बनेका छन्। उनीहरूले अपराधीलाई तत्काल पक्राउ गरी कडा कानूनी कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय