काठमाडौं ।
आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ।
नीतुको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर उनले आफ्नो शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन्।
गम्भीर रूपमा जलेकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो तर चिकित्सकहरूले बचाउन सकेनन्।
नीतु पौडेल केही समयदेखि मानसिक तनावमा रहेको र व्यक्तिगत कारणले यस्तो कदम उठाएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।




