रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१३ डाँडाछिवाङकी २५ वर्षीया गंगा सार्की बिहीबार बिहान जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

गंगा असोज २० गते साँझ घाँस काट्न घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। पाँच दिनपछि बिहान जंगल गएका स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्दा रूखमा झुन्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शव सडेको अवस्थामा फेला परेको र घटनाको समय बेपत्ता भएको राति वा भोलिपल्टकै हुनसक्ने अनुमान गरिएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ।

परिवारका अनुसार गंगाले बेपत्ता हुनुअघि भारतमा रहेका श्रीमानसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन्। सो क्रममा सामान्य विवाद भएको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय