काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हिजो (बुधबार) पशुपतिनाथ मन्दिरमा सपरिवार दर्शन गर्न पुगेका गृहमन्त्री अर्यालको छालाको जुत्ता लगाएर खिचिएको फोटो सार्वजनिक भएपछि आलोचना सुरु भएको हो।

पशुपति मन्दिर परिसरमा छालाका जुत्ता, बेल्ट र पर्स लैजान निषेध छ भने भित्र फोटो खिच्न पनि पाइँदैन। यसै कारण गृहमन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी बढेका हुन्।

तर गृहमन्त्रीको सचिवालयले भने उक्त फोटोबारे स्पष्टीकरण दिंदै भनिएको छ —

“उक्त तस्वीर मन्दिर दर्शन सकेर बाहिर निस्कँदा, पशुपतिनाथको मूल मन्दिर क्षेत्रभन्दा बाहिर खिचिएको हो।”

सचिवालयले थप आग्रह गरेको छ —

“आराध्यदेव श्री पशुपतिनाथसँग जोडिएका भ्रमपूर्ण समाचार नफैलाउन अनुरोध गर्दछौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय