काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले जेनजी आन्दोलनमा आफूमाथि लागेको आरोपका बीच शीर्ष पार्टी नेताहरूलाई सामाजिक सञ्जालमार्फत कडा प्रहार गरेका छन्।

फेसबुकमार्फत आक्रोश पोख्दै उनले लेखेका छन् —

“तुइन र काठको पुल बनाउने नेताहरू भन्छन्, देश विदेशीले बिगार्‍यो! भिसा पाउनलाई तिमीहरूको घर धाउनुपर्छ, अनि अरूलाई एजेन्ट भन्छौ?”

उनको यो भनाइले देशभर चर्चा पकडेको छ।

बालेनको भनाइ अनुसार देशमा देखिएको अव्यवस्था र अस्थिरताको जिम्मा अहिलेका शीर्ष नेताहरूले लिनुपर्ने हो।
तर, उनीहरू उल्टै नयाँ पुस्तालाई दोष लगाउने र जनआन्दोलनको आत्मालाई बदनाम गर्ने प्रयासमा जुटेको उनको आरोप छ।

बालेनले व्यंग्यात्मक शैलीमा भनेका छन् —

“आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको जलाउँछ, काँग्रेसले एमालेको जलाउँछ। अनि दोष आफ्ना बालबच्चालाई दिन्छौ? चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ? लाज लाग्दैन?”

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ मा राजधानीमा व्यापक प्रदर्शन, आगजनी र तोडफोडका घटनापछि कांग्रेस र एमालेका नेताहरूले बालेनमाथि आन्दोलनलाई ‘पर्दापछाडिबाट उचाल्ने’ आरोप लगाउँदै आएका थिए।

तर बालेनले ती आरोपलाई उल्ट्याउँदै भनेका छन् —

“देश बिगार्नेहरू नै आज दोष अरूलाई दिइरहेका छन्। युवाहरूले देशमा परिवर्तन चाहेका हुन्, अपराध होइन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय