काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २३ गते ‘जेनजी शान्तिपूर्ण प्रदर्शन’का क्रममा भएको नरसंहारपछि एमाले–कांग्रेस गठबन्धन सरकारको नैतिक औचित्य समाप्त भएको ठहर गर्दै “नयाँ जनादेश अब अपरिहार्य छ” भन्ने माग दोहोर्याएको छ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पाँच बुँदे धारणा राख्दै भने,

“प्रधानमन्त्री सुशीला कार्कीप्रति सद्भाव र शुभेच्छा छ, तर हाम्रो समर्थन निशर्त र अनन्तकालीन हुन सक्दैन। सरकार प्रतिशोध होइन, सुशासनका लागि उभिएको देखिनुपर्छ।”

रास्वपाका ५ बुँदा यस्तो छन्

१. ‘अनैतिक सरकार ढल्यो, संसदको वैधता पनि सकियो’
रास्वपाका अनुसार भदौ २३ को जेनजी प्रदर्शनका क्रममा भएको नरसंहारपछि एमाले–कांग्रेसको वर्चस्वमा बनेको सरकारले आफ्नो नैतिकता गुमाइसकेको छ।

“त्यस सरकार र त्यसैबाट बनेको संसद अब जनप्रतिनिधि होइन, केवल सत्ता साझेदारीको औजार बनेका छन्,” पार्टीले भन्यो।
रास्वपा ताजा जनादेश माग्ने पहिलो राष्ट्रिय दल भएको दाबी पनि गरेको छ।

२. ‘नयाँ निर्वाचन ६ महिनाभित्र’
पार्टीले ६ महिनाभित्र नयाँ निर्वाचनको तयारी गर्नुपर्ने भन्दै प्रतिनिधि सभाको म्यान्डेट र जेनजी पुस्ताको हस्तक्षेपबीच सन्तुलन कायम गर्नुपर्ने बताएको छ।

३. ‘जेनजी पुस्ताको आकांक्षा र सुशासन एउटै’
रास्वपाका अनुसार जेनजी पुस्ताका मुद्दा र पार्टीका एजेन्डा एउटै हुन् — सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृति।

“हामी कार्की सरकारप्रति सद्भाव राख्छौं, तर यो समर्थन नत निशर्त हो नत स्थायी,” वाग्लेले स्पष्ट पारे।

४. ‘वैधताको स्रोत खोज्न सरकार तत्पर हुनुपर्छ’
रास्वपाले सुशासनका पाँच आयाम पुनः दोहोर्याएको छ —
फागुन २१ को निर्वाचन तयारी, भ्रष्टाचारविरुद्ध कडा कदम, आर्थिक सुधार, गुणस्तरीय विकास, र सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध।

५. ‘देश चलाउनका लागि यस्ता ५ अपेक्षा’
रास्वपाले आगामी दिनमा सरकारसँग ५ ठोस अपेक्षा राखेको छ—

(क) शान्ति–सुरक्षा र अमनचैन पुनःस्थापना, जेनजी घटनाको निष्पक्ष छानबिन।
(ख) भ्रष्टाचारविरुद्ध संस्थागत कदम, आर्थिक सुधारका ४७८ सिफारिस कार्यान्वयन।
(ग) संविधान संशोधनका लागि उच्चायोग गठन।
(घ) सर्वदलीय संवाद र मिडिया–नागरिक समाजको संलग्नता।
(ङ) भयरहित, निस्पक्ष निर्वाचन, विदेशमा रहेका नेपालीका लागि मतदान सुनिश्चितता।

रास्वपाको यो धारणा सार्वजनिक भएपछि ओली निकट मानिने केहि राष्टिय मेडियाले रबि लामिछानेको नाम समेत जोडेर बदनाम गर्न थालेका छन् ।
पार्टी स्रोतका अनुसार ‘जेनजी पुस्ताको आन्दोलन अब राजनीतिक पुनर्संरचनाको दिशातर्फ मोडिँदैछ’, र आगामी सत्ता समीकरणमा रास्वपाको भूमिका निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय