
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी र तोडफोड गरेको आरोपमा सोनम थेवे पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरका अनुसार थेवेले भदौ २४ गते महाराजगन्जस्थित भण्डारीको आवासमा भीडलाई नेतृत्व गरी तोडफोड र आगजनीमा संलग्न भएका थिए।
प्रहरी स्रोतका अनुसार सोनम थेवे गुण्डा नाइके चक्रे मिलन समूहसँग आबद्ध रहेका छन्। उनी चक्रपथ र महाराजगन्ज क्षेत्रका हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले थेवेलाई आइतबार साँझ पक्राउ गरेको हो।
एक प्रहरी अधिकृतका अनुसार, “थेवे आन्दोलनका दिन देखिनै निगरानीमा थिए। प्रमाण संकलनपछि पक्राउ गरिएको हो।”
चक्रे मिलन समूह नेकपा एमाले निकट मानिने समूह हो, र त्यस समूहका केही सदस्य जेनजी आन्दोलनका विभिन्न घटनामा संलग्न रहेकोबुझिएको छ ।