
इजरायलमा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको हत्यामा टाउकोमा गोली लागेको पुष्टि भएको छ। इजरायलको ‘नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’को फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेको उल्लेख गरिएको छ। यसले विपिनको हत्यामा गोलीको प्रयोग भएको पुष्टि गर्दछ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीका २२ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबरमा अध्ययनका लागि इजरायल पुगेका थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो र विपिन बन्धक बनाइएका थिए। दुई वर्षसम्म उनको अवस्था अज्ञात थियो र परिवारले विभिन्न देशमा कुटनीतिक पहल गरेर उनको सकुशल रिहाइका लागि प्रयास गरे। परिवारले इजरायल र अमेरिकासम्म पहल गरे पनि विपिन जीवितै फर्किने आशा पूरा हुन सकेन।
र, केही दिन अघि इजरायलले विपिनको मृत्यु भएको पुष्टि गर्यो।
विपिनको शव २०२५ अक्टोबर २० मा काठमाडौँ ल्याइएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले उनको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरिन्। उनको शव धनगढी पुर्याइएको र महाकाली नदीमा अन्तिम संस्कार गरिएको थियो।