
कञ्चनपुर — दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल पुगेका विपिन जोशीको शव सोमबार बेलुकी धनगढीमा परिवारलाई हस्तान्तरण गरिएको छ। घरमा तयारी गरिएका दिपावलीका फूल र रौनकबीच विपिनको आगमनले घर र टोलमा शोकले भरियो ।
विपिनकी बहिनी पुष्पा दुई वर्षदेखि दाइ फर्कने आशामा थिइन्। उनले कुर्दै रोपेका सयपत्रीका फूलले घर आगन ढकमक्क थिए। तर, दाइको निधनको खबरले उनको प्रतिक्षा अधुरा रह्यो र दुखले आक्रान्त पुष्पाले घरको आगनमा उम्रिएका फूलका वृक्ष उखेलिदिइन्।
नेपालस्थित इजरायली दूतावासका पदाधिकारीहरूले शव परिवारसम्म पुर्याएका थिए। इजरायलको ‘नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ ले पठाएको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेको उल्लेख छ।
सोमबार बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिएको विपिनको परिवार र सिङ्गो टोल शोकमा डुबेको छ। दुई वर्षको प्रतीक्षापछि फर्किएको विपिनको मृत्युले सिंगो बस्ती नै भावुक बनेको छ।