
पोखरा – शहरका विभिन्न भागमा जुवा खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले गोप्य सूचनाको आधारमा तीन स्थानमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परे, जसको साथबाट २१२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद भयो।
त्यस्तै, पोखरा २६ विजयपुरस्थित लम्पीबोट सामुदायिक जंगलबाट ७ जना पक्राउ परे, र उनीहरूको साथबाट १४ थान कौडा र ७७ हजार २०५ रुपैयाँ नगद बरामद भएको छ।
पोखरा २ मोहोरियाटोलबाट थप ८ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, सबै पक्राउ परेका व्यक्तिहरूविरुद्ध जुवातास सम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।