latest
श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु  ||    माओवादी सांसदको ‘किस भिडिओ’ सेयर गर्दा राप्रपाका युवा नेता पक्राउ  ||    पत्रकार र गायिकाको तिघ्रा छोएको आरोपपछि गंगामा हामफालेर ज्यान फाल्ने प्रयास  ||    फेसबुकमा चरित्र हत्या गरेको आरोपमा नयाँ बानेश्वरबाट बाघ पक्राउ  ||    सायद विदेशमा बस्ने केटासँग विवाह गर्दिनँ होला  ||    बेलिब्रिजको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री ओलीले के भने ?  ||    प्रचारका लागि गरिएको ‘स्टन्ट’ भएको खुलासा  ||    ट्याक्सी बुक गरेर पहाडमा लगी ड्राइभरको हत्या, नेपालमै गुडिरहेछन् मारिएका दर्जनौं चालकका ट्याक्सीहरू  ||   
बुधबार , असार २५, २०८२

बंगलादेशमा नयाँ सरकार प्रमुखको रुपमा मोहम्मद युनुस नियुक्त भए पनि अझै पनि त्यहाँ कानुनको पालना राम्रो सँग हुन नसकिरहेको बताइएको छ ।

सानो संख्यामा रहेका हिन्दु धर्मावलम्बीहरु अझै त्यहाँ त्रसित अवस्थामा भएको पाइएको छ । यसअघिका प्रधानमन्त्री शेख हसिनाले गएको सोमबार राजीनामा दिएर देश छोडेकी थिइन् । बंगलदेशमा करिब ९० प्रतिशत जनसंख्या मुश्लिमको छ । बंगलदेशका हिन्दु नागरिक अभिरुप सरकारले बीबीसीसँगको कुराकानीमा ढाकाबाट करिब १०० किमी उत्तरमा रहेको नेट्रोकोनाबाट आफ्नी एक महिला आफन्तले फोन गरेर एउट भीडले घरमा आक्रमण गरेको भन्दै डराएको स्वरमा फोन गरेको बताएका छन् । ती महिलाले उनलाई जनाएअनुसार करिब १०० जनाको भीडले लाठी बोकेर उनको घरमा तोडफोड गरेका थिए । उनीहरुले फर्निचर, टिभी, बाथरुम फिटिङ र ढोकामा तोडफोड गरेका थिए ।


उनीहरु त्यहाँबाट जानुअघि घरमा भएको नगद र गहनाहरु समेत लुटेर लगेका थिए । त्यहाँबाट जानुअघि सो भीडले तिमीहरुले हसिनालाई सघाइरहेको भन्दै तिमीहरुले पनि देश छोड्नुपर्ने बताएको थियो । हसिनाले बंगलादेश छोडेपछि थुप्रै हिन्दु मन्दिरमा पनि आक्रमण भएको जानकारी आएको बीबीसीले जनाएको छ । हसिनाको मुश्लिम लिग पार्टी धर्म निरपेक्ष नीतिका साथ अघि बढेको थियो । त्यसैले अन्य अल्पसंख्यकले सुरक्षाको अनुभुति गर्दै आएका थिए ।

यद्यपि युवा मुश्लिम समुदायका थुप्रै व्यक्तिले पनि हिन्दु मन्दिर तोडफोड गर्न नहुने भन्दै तोडफोड रोकिरहेको पनि पाइएको छ । “जब अवामी लिग यहाँ शक्तिमा हुँदैन त्यतिबेला हिन्दुमाथि आक्रमण हुने गरेको छ,” एक स्थानीय सरकारको प्रतिक्रिया छ ।

आक्रमणकारीले हिन्दुको सूची नै बनाएर आक्रमण गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय