latest
….त्यसपछि तराईतिर तीन-चार दिन बसेँ: दीपक खड्का  ||    डेंगु उपचारका लागि भारत गएको थिएँ : पूर्वमन्त्री दीपक खड्का  ||    अमेरिकाबाट पनि भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक  ||    एमालेबाट निर्वाचित वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ  ||    समुद्रमा खस्यो विमान, दुई जनाको मृत्यु  ||    निकोले चाउसेस्कु र केपी ओलीको अनुहार मात्र हैन, राजनीतिक अवसान पनि उस्तै  ||    ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ’: सागर ढकाल  ||    राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, अध्यक्ष नाम नै नसुनेका व्यक्ति  ||   
सोमबार , कार्तिक ३, २०८२

काठमाडौं — तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले आफूलाई “अमेरिका भागेको” भनी फैलाइएका समाचारलाई खण्डन गर्दै स्पष्ट पारेका छन्।

पूर्वमन्त्री खड्काले पत्रकारहरूसँगको संवादमा भने,“सरकारले मलाई वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? म भागे भन्न मिल्छ? झिनामसिना कुराले मलाई छुँदैन। म डराउँदिनँ।”

खड्काले जेनजी आन्दोलनका क्रममा २४ भदौको दिन आफू घरमै रहेको जानकारी दिएका छन्। आन्दोलनकारीले घरको ढोका हान्न थालेपछि उनले खाना खान नपाएको र बच्चालाई पनि खुवाउन नपाएको बताए।

“२४ गते म घरमै थिएँ। आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरे। ढोका ढ्याङ-ढ्याङ भएपछि खाना खान पाएन, बच्चालाई पनि खुवाउन पाएन। अंगरक्षक साथीहरूले बाहिर निकाल्नुभयो।”

खड्काले घरबाट निस्किएर छिमेकीको घरमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको जानकारी पनि दिए।

“म छिमेकीकोमा बसेँ। राति त्यहाँबाट निस्केर आर्मी क्याम्पमा बसेँ। त्यसपछि तराईतिर तीन-चार दिन बसेँ।”

पूर्वमन्त्री खड्काले त्यसपछि बिरामी भएकाले भारत गएर उपचार गरेको खुलासा गरे।

“बिरामी भएपछि उपचारका लागि भारतमा गएँ। डेँगु भयो। त्यहाँ केही मन्त्रीहरूसँग भेटघाट भयो। बच्चा, श्रीमती र म सबै बिरामी थियौँ।”

उनी भन्छन् कि अहिलेको सरकारको विषयमा उनी टिप्पणी गर्न चाहँदैनन्।

“अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो। यो सरकारको विषयमा टिकाटिप्पणी छैन। परिस्थितिजन्य सिर्जित सरकार हो। यो जिम्मा राजनीतिक दल र समाजमा रहेका नागरिकहरूले लिनुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय