latest
….त्यसपछि तराईतिर तीन-चार दिन बसेँ: दीपक खड्का  ||    डेंगु उपचारका लागि भारत गएको थिएँ : पूर्वमन्त्री दीपक खड्का  ||    अमेरिकाबाट पनि भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक  ||    एमालेबाट निर्वाचित वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ  ||    समुद्रमा खस्यो विमान, दुई जनाको मृत्यु  ||    निकोले चाउसेस्कु र केपी ओलीको अनुहार मात्र हैन, राजनीतिक अवसान पनि उस्तै  ||    ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ’: सागर ढकाल  ||    राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, अध्यक्ष नाम नै नसुनेका व्यक्ति  ||   
सोमबार , कार्तिक ३, २०८२

काठमाडौं — जेन–जी आन्दोलन पछिको राजनीतिक अशान्तिका बीच “अमेरिका भागेको” भन्दै व्यापक चर्चा पाएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले ती सबै समाचारलाई असत्य दाबी गरेका छन्।

खड्काले आफू र आफ्ना बच्चा डेंगु संक्रमणका कारण भारतको वेदान्त अस्पतालमा ११ दिन उपचार गरेर फर्किएको स्पष्ट पारेका छन्।

“बिरामी भएपछि उपचारका लागि भारत गएँ। डेँगु भएको रहेछ। ११ दिन वेदान्त अस्पतालमा बसेको रेकर्ड अहिले पनि मेरोमा छ,” उनले भने।

उनका अनुसार बच्चा पनि सँगै बिरामी परेका थिए, र अहिले श्रीमती भ्रामक समाचारका कारण मानसिक आघात (ट्रमामा) रहेकी छन्।

खड्काले गृहमन्त्री ओमप्रकाश अर्याल र केही मिडियामाथि जानाजानी गलत सूचना फैलाएको आरोप लगाएका छन्।

“गृहमन्त्री र मिडियाले मिलेर समाजमा भ्रम फैलाए। म बिरामी भएर उपचार गर्न गएको थिएँ, भागेको होइन,” खड्काले दुःख व्यक्त गरे।

उनले भदौ २४ गतेको आन्दोलनका दिन आफ्नो घरमा आक्रमण भएपछि अंगरक्षकहरूले उनलाई निकालेर सेनाको ब्यारेकमा राखेको, त्यसपछि केही दिन तराईतिर बसेर उपचारका लागि भारत गएको बताएका छन्।

“आन्दोलनकारीहरू ढोकासम्म पुगेपछि सेनाले मलाई निकालेको थियो। त्यसपछि तराई गएँ र भारततिर उपचारका लागि लागेँ,” उनले स्पष्ट गरे।

खड्काले अन्त्यमा प्रश्न उठाए —“गृहमन्त्री र केही मिडियाहरू किन मेरो विरुद्ध लागिरहेका छन्? यो राजनीतिक खेल हो कि अरू कसैको आदेश?”

उनले भ्रामक समाचारका कारण आफ्नो परिवारले ठूलो मानसिक पीडा व्यहोरेको भन्दै सत्य सार्वजनिक गर्न मिडियालाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय