latest
सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||   
बुधबार , अषोज १, २०८२

बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० जना नेताको शव फेला परेको छ ।

प्रदर्शनकारीहरूले नेतालाई मार्दा तिनका परिवारका सदस्यहरूको पनि मृत्यु भएको बताइएको छ । प्रधानमन्त्रीले राजीनामा दिएर भारत भागेपछि प्रदर्शनकारीहरूले आफ्नो क्रोध पार्टीका नेता कार्यकर्तामाथि खन्याइरहेका छन् । पार्टीका कयौँ नेता र कार्यकर्ताको घर अनि व्यापारिक सङ्गठनमा तोडफोड र लुटपाटी जारी छ ।

प्रदर्शनकारीहरूले बङ्गलादेशका चर्चित गायक राहुल आनन्दको घरमा आगजनी गरेका छन् । ढाकाको धानमंडीमा रहेको गायकको १४० वर्ष पुरानो घर जलाइएको हो । जलाउनु अघि प्रदर्शनकारीहरूले घरमा लुटपाट गरेका थिए । सत्ता पल्टिएपछि बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको छ । देशको २७ जिल्लामा हिन्दु र हिन्दु मन्दिरमा हमला भएको खबरहरू आइरहेका छन् ।

देश छाडेर भागिरहेछन् हसिनाका मन्त्रीहरू

हसिनाले राजीनामा दिएर विदेश भागेपछि उनका मन्त्रीहरूमा एक खालको त्रास देखिएको छ । पूर्व विदेश मन्त्री हसन महमूद ढाका विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारत आउन फ्लाइटका लागि विमानस्थल गएका थिए ।

पछिल्लो स्थितिमा हसिनाको अवामी लिग पार्टीका कयौँ शीर्ष नेता र पूर्व क्याबिनेट मन्त्रीले देश छाडेर हिँडिसकेका छन् । आवामी लिगका महासचिव र सडक परिवहन मन्त्री अब्दुल क्वादर आइतबारै देश छाडेर विदेश पलायन भएका थिए । हसिनाले राजीनामा दिनु अघि नै उनको सरकारमा मन्त्री रहेका अनिसुल हक देश छाडेर अज्ञात स्थलतिर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय