latest
….त्यसपछि तराईतिर तीन-चार दिन बसेँ: दीपक खड्का  ||    डेंगु उपचारका लागि भारत गएको थिएँ : पूर्वमन्त्री दीपक खड्का  ||    अमेरिकाबाट पनि भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक  ||    एमालेबाट निर्वाचित वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ  ||    समुद्रमा खस्यो विमान, दुई जनाको मृत्यु  ||    निकोले चाउसेस्कु र केपी ओलीको अनुहार मात्र हैन, राजनीतिक अवसान पनि उस्तै  ||    ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ’: सागर ढकाल  ||    राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, अध्यक्ष नाम नै नसुनेका व्यक्ति  ||   
सोमबार , कार्तिक ३, २०८२

काठमाडौं ।हमासले बन्धक बनाएका बेला मारिएका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ।

सरकारका अनुसार, विपिनको शव आज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइने कार्यक्रम तय भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको शव बुझ्न र श्रद्धाञ्जली अर्पण गर्न विमानस्थल पुग्ने जानकारी दिएका छन्।

मन्त्री घिसिङले विपिनको निधनप्रति गहिरो शोक प्रकट गर्दै भने —

“यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको अकाल निधनप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु।”

उनले थपे —“तर त्यो अन्तिम त्रासदीको क्षणमा पनि विपिनले देखाउनुभएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचायो। विपिनको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सर्वोच्च विरासत हो। उहाँ नेपाली गौरवका प्रतीकका रूपमा सधैं रहिरहनुहुनेछ।”

परराष्ट्र मन्त्रालयका अनुसार, काठमाडौँ आइपुगेपछि विपिनको शव नेपाली सेनाको संयोजनमा उनको घर कञ्चनपुर लगिनेछ।
सरकारले विपिनप्रति राज्यको तर्फबाट सम्मानपूर्वक अन्त्येष्टि प्रक्रिया सुनिश्चित गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय