latest
….त्यसपछि तराईतिर तीन-चार दिन बसेँ: दीपक खड्का  ||    डेंगु उपचारका लागि भारत गएको थिएँ : पूर्वमन्त्री दीपक खड्का  ||    अमेरिकाबाट पनि भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक  ||    एमालेबाट निर्वाचित वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ  ||    समुद्रमा खस्यो विमान, दुई जनाको मृत्यु  ||    निकोले चाउसेस्कु र केपी ओलीको अनुहार मात्र हैन, राजनीतिक अवसान पनि उस्तै  ||    ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नुपर्छ’: सागर ढकाल  ||    राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, अध्यक्ष नाम नै नसुनेका व्यक्ति  ||   
सोमबार , कार्तिक ३, २०८२

काठमाडौँ ।नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराई हालसालै सामाजिक सञ्जालमा फैलिएको फेक टिप्पणीको प्रतिकारमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छिन्।

शनिबार अपराह्न आफ्नै फेसबुकमार्फत् भट्टराईले लेखिन् —

“गृहिणी होइन, गृह व्यवस्थापन हो। महिलाहरुले गृह व्यवस्थापन गरेर नै परिवार सुखी भएको उदाहरण हामीसँग छ। यो महिलाहरुको शिप र कला हो। यो शब्दलाई होच्याउनु भनेको सम्पूर्ण महिलाहरुमाथि गरिने अवमूल्यन हो।”

भट्टराईको उक्त पोस्ट एमाले केन्द्रीय कमिटी बैठकमा राखिएको उनको धारणा विरुद्ध फेक फेसबुक अकाउन्टमार्फत् गरिएको आक्रमणको जवाफ भएको बताइन्छ।

एमाले नेतृ उषाकिरण तिम्सेनाले भट्टराईको स्टाटसलाई समर्थन गर्दै फेसबुकमा लेखेकी छिन् —

“इमान र नैतिकताको कसीमा तपाईंले आफूलाई समाजका सामु प्रमाणित गर्नुभएको छ दिदी। दुई जना ‘जेन–जी’ हरुको आमा हो तपाईं। मोर पावर टु यु।”

स्रोतका अनुसार, भट्टराईमाथि गरिएको आक्रमण ‘सरु खनाल’ नामको फेक फेसबुक अकाउन्टमार्फत् भएको हो।
उक्त अकाउन्टमा राखिएका प्रोफाइल र कभर तस्बिर दुवै एआई (कृत्रिम बौद्धिकता) बाट बनेका हुन्।

त्यस अकाउन्टले शनिबार बिहान पोस्ट गरेको थियो —

“एउटी गृहिणी विद्या भट्टराईलाई श्रीमानको मृत्युपछि केपी ओलीले संसद र मन्त्री बनाए, अहिले संकटमा उनलै अध्यक्ष छोड भनिन्, कठै!”

उक्त पृष्ठका अधिकांश पोस्टहरूमा अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको समर्थन, र ओली विरोधी नेताहरूको मानमर्दन गर्ने सामग्री भेटिन्छन्।

भट्टराईले २९ असोजमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न उठाएकी थिइन्।
उनले ओलीलाई सोधेकी थिइन् —

“प्रधानमन्त्री तपाईं आफैं हुनुहुन्थ्यो, षड्यन्त्र भएको हो भने त्यो कुरा पहिल्यै किन थाहा पाउनु भएन? तपाईंकै असफलताका कारण त्यो घटना भयो। त्यसैले पार्टीको नेतृत्व छाड्नुस्।”

भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाबाट नेतृत्व हस्तान्तरणको संस्कार सिक्न सुझाव पनि दिएकी थिइन्।
उनको उक्त धारणा सार्वजनिक भएलगत्तै ओली पक्षबाट चलाइएका फेक अकाउन्टमार्फत् व्यक्तिगत आक्रमण सुरु भएको थियो।

पूर्वमन्त्री भट्टराई दिवंगत रवीन्द्र अधिकारीकी पत्नी हुन्।
२०७५ साल फागुनमा पाथिभरामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री अधिकारीको निधनपछि कास्की–२ मा भएको उपनिर्वाचनमा भट्टराई एमालेको उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।

राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी उपप्राध्यापक थिइन्।
रवीन्द्रको निधनपछि राजनीति पुनः थाल्दै उनले २०७९ को आमनिर्वाचनमा पनि भारी मतले जित हासिल गरेकी थिइन्।

शिक्षामन्त्री हुँदा उनले निशुल्क शिक्षाको संवैधानिक प्रावधान लागू गर्ने पहल गरेकी थिइन्।
तर, शिक्षक आन्दोलनका मागमा प्रधानमन्त्री ओलीले ध्यान नदिँदा उनले राजीनामा दिएर मन्त्रालयबाट बाहिरिएको थिइन्।

‘गृहिणी’ भनेर गरिएको टिप्पणीको प्रतिकारमा भट्टराईले आफ्नो पोस्टमार्फत् महिलाको गृह व्यवस्थापन क्षमतालाई सम्मानको दृष्टिले हेरिनुपर्ने सन्देश दिएकी छिन्।

उनको पोस्टले सामाजिक सञ्जालमा व्यापक समर्थन र सराहना पाइरहेको छ। धेरै प्रयोगकर्ताहरूले लेखेका छन् —

“विद्या भट्टराईको जवाफले नारी अस्मिता र गरिमाको सम्मान गरेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय