काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग वार्ताका लागि आह्वान गरेकी छिन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई आगामी फागुन २१ गते तय भएको निर्वाचनबारे छलफलका लागि बोलाइएको हो।

छलफल आगामी मंगलबार (कात्तिक ४ गते) हुने तालिका तय भएको छ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, “केही दलहरूलाई निम्तो पठाइसकिएको छ, बाँकीलाई पठाउने तयारी भइरहेको छ,” स्रोतले भन्यो।

सरकारले निर्वाचनको मिति घोषणा गरे पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले वार्ताको पहल गरेकी हुन्।

स्रोतका अनुसार, प्रत्येक दलबाट दुई/दुई जना प्रतिनिधि सहभागी हुनुपर्ने गरी निमन्त्रण गरिएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री कार्की पनि सहभागी थिइन्। तर, दलहरूले उक्त छलफललाई सरकारको पहल नभएको टिप्पणी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय