आइतबार , कार्तिक २, २०८२

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सुरक्षाकर्मी कटौती गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

सम्पादकहरूसँगको संवादमा बोल्दै आफूलाई थ्रेट रहेको बेलामा सुरक्षाकर्मी कटौती गरेर वडाध्यक्षदेखि मेयरसम्मका लागि बढाइएको टिप्पणी गरे।

‘केपी ओलीको घर जलाउँनै पर्ने, केपी ओली गुण्डुमा छ त्यही गएर मार्छौँ भन्ने ४ हजार बाइक तयार भएका थिए, सबै तयार थिए भन्ने। ममाथि त्यो थ्रेट छ मेरो सुरक्षाकर्मी सरकारले फिर्ता लिन्छ’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘अनि वडाध्यक्ष, मेयर र उनीहरूको गिरोहको बढाउँछ, मेरो खोस्छ।’

उनले आफूलाई देशभित्रै हिँडडुल गर्न रोक्नेदेखि पासपोट रोक्ने गर्ने सरकारको निर्णयसम्मको आपत्ति जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय