खोटाङ — खोटाङको असेलुखर्क गाउँपालिका-१ का एक सरकारी विद्यालयका करिब ५० वर्षीय प्रधानाध्यापकलाई आफ्नै पढाउँदै आएको करिब १३ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरी निरीक्षक राजु विष्टका अनुसार, किशोरीका आफन्तले असोज २२ गते जाहेरी दिएका थिए। पक्राउ परेका प्रधानाध्यापक अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा छन् र थप अनुसन्धान भइरहेको छ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खोटाङमा सम्पन्न भएको छ। प्रहरीका अनुसार, अनुसन्धान जारी रहेकोले आरोपीको दोष प्रमाणित नभएसम्म उनलाई निर्दोष ठहर गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय