
काठमाडौं । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट चलाइएको गोलीले एकै परिवारका ११ जनाको मृत्यु भएको छ।
मृतक सबैजना एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले पुष्टि गरेको छ।
सिभिल डिफेन्सका अनुसार घटना शुक्रबार राति गाजा शहरको जायतुन क्षेत्रमा भएको हो।
पीडितहरू बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गर्दा इजरायली ट्यांकले गोली चलाएको बताइएको छ।
यो घटना इजरायल–हमासबीचको युद्धविरामपछि भएको सबैभन्दा घातक हमला मानिएको छ।
इजरायली सेनाले पनि गोली चलाएको स्वीकार गर्दै भनेको छ, “संदिग्ध गाडीले पहेँलो रेखा पार गर्ने प्रयास गरेपछि गोली चलाइएको हो।”
उक्त पहेँलो रेखा इजरायल र गाजाबीचको सीमा हो, जसलाई इजरायलले आफ्नो नियन्त्रण क्षेत्र मानेको छ।