काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गरेको छ।

पार्टी विधानको धारा २६ बमोजिम कार्यबाहक सभापति डीपी अर्यालले चार जना नयाँ सदस्य मनोनीत गरेका छन्।

शनिबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा सभापतिको मनोनीत निर्णय प्रस्तुत गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।

नयाँ मनोनीत सचिवालय सदस्यहरू हुन् —सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल , हरि ढकाल । यी चारै जना प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।

रास्वपाको विधान अनुसार २५ जनासम्मको सचिवालय गठन गर्न सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार यो पटक सचिवालयको सदस्य संख्या १० बाट बढेर १४ जना पुगेको हो।

रास्वपाका एक नेताका अनुसार आवश्यकता अनुसार सभापतिले थप सदस्यहरू पनि सचिवालयमा समावेश गर्न सक्नेछन्।

विधानमा भनिएको छ,“पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारीहरू, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय समितिबाट मनोनीत सदस्यहरूलाई लिएर २५ जनासम्मको सचिवालय गठन गर्न सक्ने र त्यसको जानकारी केन्द्रीय समितिमा दिनुपर्नेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय