
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे ललितपुरको रामबाग महलमा हुने नेकपा एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ भएको थियो ।
ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक भएको जस्तो संकेत गरेका थिए । जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी रोकिएको थियो ।