दोहा । कतारले पाकिस्तान र अफगानिस्तानबीच दोहामा सम्पन्न उच्चस्तरीय वार्ताबाट तत्काल युद्धविराम लागु गर्ने सहमति जुटेको जनाएको छ।

कतारको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ,

“कतार र टर्कीको संयुक्त मध्यस्थतामा भएको वार्तामा दुबै पक्षले सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता सुनिश्चित गर्न संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्।”

सम्झौता अनुसार अब युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न दुवै देशका समिति दोहा र इस्लामाबादमा बैठक गर्नेछन्।

कतारले यो सहमति पाकिस्तान–अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्न निर्णायक कदम सावित हुने विश्वास व्यक्त गरेको छ।

“यो सम्झौताले क्षेत्रीय स्थिरतामा नयाँ मोड ल्याउनेछ,” — कतारको विदेश मन्त्रालय

जियो टिभीका अनुसार पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताका विषयमा पुष्टि गर्दै भनेका छन्,

“युद्धविरामले दुई देशबीच जारी सीमा तनाव अन्त्य गर्न सहयोग पुर्‍याउनेछ।”

उनका अनुसार, दुवै देशका प्रतिनिधिमण्डलहरूबीच अर्को चरणको वार्ता अक्टोबर २५ मा इस्तानबुलमा हुने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय