बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
हसन महमूद देश छोड्न खोजिरहेका थिए।
महमूदलाई मंगलबार दिउँसो अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको बीबीसी बंगलाले विमानस्थल स्रोतबाट पुष्टि गरेको छ ।
एयरपोर्टमा ड्युटीमा रहेका बंगलादेश एयरलाइन्सका एक अधिकारीले बीबीसी बंगलालाई भने कि महमूदलाई राति करिब ८:३० बजे सेनाको जिम्मा लगाइएको थियो।
यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
बंगलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि शेख हसिनाले सोमबार देशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी हुन् । शेख हसिना बंगलादेश छोडेर भारत गएकी छन् । बीबीसी