झापा । बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु अलपत्र अवस्थामा फेला परेकी छन् । सीमा आचार्यको घरको बरन्डामा करिब ४ देखि ५ दिन उमेरको शिशु भेटिएकी हुन् ।

आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले बिहीबार राति करिब ९ बजे शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय, जनप्रतिनिधि र भद्रभलाद्मीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पठाइएको उनले बताए ।

शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय