ढाका (बंगलादेश) – हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। आगो नियन्त्रणमा लिन ३६ वटा दमकल युनिट खटिएका छन्।

बंगलादेशको डेली स्टारका अनुसार दिउँसो करिब २:३० बजे गेट नम्बर ८ नजिक आगलागी सुरु भएको हो। आगो निभाउन अग्नि सेवा, नौसेना, वायुसेना र सीमा रक्षक बलका टोलीहरू समेत परिचालित छन्।

आगलागीका कारण कम्तीमा पाँच उडानहरूलाई चटगाउँ र सिल्हेटका विमानस्थलमा डाइभर्ट गरिएको ढाका विमानस्थलका स्रोतले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय