
काठमाडौं – गायिका नीतु पौडेलले शनिबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्।
अनामनगरस्थित रेकर्डिङ स्टुडियो बाहिर उनले पेट्रोल छर्की आगो लगाएको बताइएको छ। घटनापछि उनलाई गम्भीर अवस्थामा उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन्।
आत्मदाह प्रयासको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।