
आज बिहान साढे ७ बजे नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा सवारी साधन एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।
चितवन प्रहरीले जनाएको अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ट्रक (ना ८ ख ६६२९) र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बस (बा ४ ख ७४२०) आपसमा ठक्कर खाँदा दुर्घटना सुरु भएको थियो। त्यसपछि बसको पछाडि रहेका अन्य पाँचवटा सवारी साधन क्रमशः ठोक्किँदा ठूलो घटना भएको हो।
दुर्घटनामा संलग्न सवारी साधनहरू
ट्रक: ना ८ ख ६६२९
बस: बा ४ ख ७४२०
टेलर: ना ७ ख ९६०७
इभी माइक्रो: बा।प्र।०६(००१ ग ०४८४)
बस: ग २ ख १६२६
बलेरो: ना ३ च ३२५६
कार: बा ८४७०
घाइतेहरूको विवरण
नेशनल सिटी अस्पताल: १३ जना
नयाँ मेडिकल कलेज, भरतपुर: ४ जना
जनता केयर अस्पताल: ४ जना
डिएसपी रविन्द्र खनालका अनुसार प्रहरीले सबै घाइतेको उद्धार गरेर अस्पताल पुर्याएको छ। दुर्घटनाको कारण र थप विवरण अनुसन्धान भइरहेको छ।