
नारायणगढ–मुग्लिन सडकखण्डको गाइघाटमा ठूलाे सवारी दुर्घटना भएको छ। एकपछि अर्को गरी पाँचवटा भन्दा बढी गाडी आपसमा ठोक्किएका छन्।
चितवन प्रहरीले जनाएको अनुसार, एउटा गाडीले अर्को गाडीलाई ठक्कर दिँदा श्रृंखलाबद्ध रूपमा अन्य गाडी पनि एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा कम्तीमा पाँच जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।
तर, घाइतेहरूको अवस्था र क्षतिको विस्तृत विवरण भने अहिलेसम्म प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
थप विवरण आउँदैछ…