काठमाडौं । सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई कात्तिक २० भित्र नेपाल फर्कन निर्देशन दिएको हो।

सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलका अनुसार फिर्ता हुने राजदूतहरूमा अमेरिकाका लोकदर्शन रेग्मी, चीनका कृष्णप्रसाद ओली, जापानका डा. दुर्गाबहादुर सुवेदी, बेलायतका चन्द्रकुमार घिमिरे, रुसका जंगबहादुर चौहान, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, साउदी अरबका नरेशविक्रम ढकाल, जर्मनीकी शैल रुपाखेती र स्पेनका शनिल नेपाल रहेका छन्।

फिर्ता गरिएका मध्ये धेरैजसो राजनीतिक नियुक्तिहरू हुन् भने केही परराष्ट्र सेवाबाट गएका अधिकारीहरू पनि समावेश छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय