हमास र इजरायलबीच भएको युद्धविराम सम्झौताअनुसार सोमबारदेखि पहिलो चरणमा बन्धकहरू रिहा गरिने भएको छ।
गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरिएको छ, जसमा नेपाली युवक विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख गरिएको थियो। तर हाल टाइम्स अफ इजरायल र एपी लगायतका माध्यमले प्रकाशित सूचिमा विपिन जीवित रहेको उल्लेख छ।

शुक्रबारको युद्धविरामपछि सोमबारदेखि मंगलबारसम्म बन्धकहरूलाई चरणबद्ध रूपमा रिहा गरिने अपेक्षा गरिएको छ। इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।

नेपालमा अहिले विपिनको सुरक्षित फर्कने आशामा परिवार र नागरिकहरू प्रतीक्षारत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय