अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शनिबार बिहान भएको सानो विमान दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

रोयटर्सका अनुसार, उक्त विमानले सिड्नीबाट करिब ८५ किलोमिटर दक्षिणतर्फ रहेको सेलहार्बर विमानस्थलबाट बिहान करिब १० बजे उडान भरेको केही समयमै दुर्घटना भएको हो।

विमान भुइँमा ठोक्किएपछि आगलागी भएको र फायर एन्ड रेस्क्यु टोलीले आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ।
दुर्घटनामा विमानभित्र सवार तीनै यात्रुको मृत्यु पुष्टि गरिएको छ।

एबीसी टेलिभिजनले प्रसारण गरेको दृश्यमा रनवेमा जलेको विमानको अवशेष देखाइएको छ।
दुर्घटनास्थललाई अपराधस्थलको रूपमा तोकिएको र यो घटनाबारे अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्यूरो (ATSB) लाई जानकारी दिइएको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय