
बाँके, नेपालगञ्ज: प्रहरीले चार होटल तथा रेष्टुरेन्टमा छापा हानी ४५ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये ३१ महिला र १४ पुरुष रहेका छन्। आठ जना भारतीय नागरिकसमेत समातिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीका अनुसार, अनैतिक गतिविधि भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर छापा हानिएको हो। होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको छ भने अनुसन्धान जारी छ।
सम्बन्धित होटल/रेष्टुरेन्टहरू: मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड, दङ्गाली होटल।