काठमाडौं: भदौ २३–२४ को जेन-जी आन्दोलनमा घाइते कमल घिमिरे अहिले सिनामंगलस्थित केएमसी अस्पतालको ICU मा छन्। बेथानचोक–३, काभ्रेका २८ वर्षीय कमललाई नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुख्य ढोकामा गोली लागेको थियो। पेटको दायाँपट्टि र ढाडमा गम्भीर चोट लाग्दा उनी अझै शैयामा अड्किएका छन्।

कमलले भक्तपुरमा सञ्चालन गर्दै आएका गाई फार्मका जिम्मेवारी अहिले परिवारको काँधमा सरेको छ। उपचार खर्च अभियन्ता र आफन्तको सहयोगले जुटाइरहेको भए पनि घर परिवारले ऋणको भार उठाउनुपरेको छ।

अस्पतालमा आपूर्ति भइरहेको उपचार र चिकित्सकको आश्वासनले परिवारलाई केही राहत भने मिलेको छ। कमलले अहिले इसारामार्फत मात्र संचार गर्न सक्छन्।

उनका काका प्राणनाथ अधिकारी भन्छन्, “कमललाई ल्याउनेबित्तिक्कै अस्पतालको गेटमै CPR दिइ ज्यान बचाइएको हो। उनको उपचार अझै ३–४ महिनासम्म लाग्नेछ। परिवार र आफन्त दिन–रात खटिरहेका छन्।”

कमल जेन-जी आन्दोलनमा युवा आवाजका प्रतिनिधि बनेका थिए। उनका परिवारजन भने देशको सुशासन र सुरक्षित भविष्यको लागि युवाहरूको आन्दोलन जारी रहोस् भन्ने चाहन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय