नेकपा (एमाले)का नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रतिशोध र झुटको राजनीतिमा लागेको गम्भीर आरोप लगाएका छन्।

उनका अनुसार, अहिलेको सरकारले पूर्वप्रधानमन्त्री र नेताहरूविरुद्ध कृत्रिम मुद्दा दर्ता गराउने षड्यन्त्र गरिरहेको छ। बर्तौलाले भने, “देशमा भय र प्रतिशोधको वातावरण सिर्जना गरेर गृहमन्त्रीले शासनमा टिक्ने प्रयास गर्दैछन्, तर यो सोच उनी स्वयंका लागि पनि विनाशकारी सावित हुनेछ।”

बर्तौलाले थप आरोप लगाउँदै भने, “गृहमन्त्री अर्याल केही मुट्ठीभर व्यक्तिहरूको इशारामा काम गर्दैछन्, जसले देशमा अशान्ति र अराजकता फैलाउन खोजिरहेका छन्।”

उनका अनुसार, सरकार र गृहमन्त्रीले मिडिया ट्रायल, भ्रामक प्रचार र मुद्दाको खेल गरेर विपक्षी नेताहरूलाई कमजोर बनाउन खोजिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय