latest
ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||   
मंगलबार , भाद्र ३१, २०८२

नेकपा एमालेले असोज ३ गतेको संविधान दिवस मनाउने तयारी गरिरहेको छ। जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको एमालेले संविधान दिवसको अवसर पारेर शक्ति प्रदर्शनको तयारी थालेको हो।

संविधान दिवसकै अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि मैदानमा उतार्ने तयारी थालिएको बुझिएको छ। जेन–जी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका ओली अहिलेसम्म सार्वजनिक भइसकेका छैनन्।

तर, संविधान दिवसको छेको पारेर अध्यक्ष ओलीलाई मैदानमा उतार्ने स्थायी कमिटी सदस्य महेश बस्नेतले बताए। मंगलबार ललितपुरको च्यासलमा जलेको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा बोल्दै बस्नेतले संविधान दिवसको कार्यक्रममा ओलीलाई उतार्ने उद्घोष गरेका हुन्।

‘असोज ३ गते संविधान दिवस छ। नेकपा एमालेले यही पार्टी कार्यालय प्रांगढमा सानदार ढंगले संविधान दिवस मनाउँछ,’ उनले भने, ‘पार्टी अध्यक्ष(ओली)लगायत सबै नेताहरू संविधान दिवसमा सहभागी हुनुहुने छ।’

यस्तै एमालेले अन्य पार्टीसँग पनि संविधान दिवसको कार्यक्रममा सहभागी गराउने विषयमा छलफल गर्ने उनले बताए। अन्य पार्टी आए पार्टी कार्यालयमा हुने भनिएको कार्यक्रम परिवर्तन हुन पनि सक्ने बस्नेतले बताए।

‘कांग्रेस, माओवादी र अरू साथीहरू पनि संविधान दिवसमा आउनुभयो भने पार्टी कार्यालयको भेन्यु(स्थान) चेन्ज हुनसक्छ, हामी तपाईँहरूलाई सूचित गर्नेछौं,’ बस्नेतले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय