
यतिबेला काठमाडौं महानगरका प्रमुख बालेन शाहको फेसबुक स्टाटस चर्चामा छ । धरान उपमहानगरका प्रमुख हर्कराज राईलाई लक्षित गर्दै उनले मंगलबार दिउँसो एक फेसबुक स्टाटस लेखे ।
रोमान्टिक शैलीको उक्त स्टाटसमा बालेनले राईप्रति आफ्नो एकोहोरो माया रहेको बताएका छन् । राईले आफूलाई जति नै गाली गरेपनि आफूले माया गर्न नछाड्ने उनको भनाई छ ।
बालेनले लेखेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।’
बालेनको यो स्टाटसले निकै चर्चा पाएको छ । उनका प्रशंसकले ब्यापक सेयर गर्दै टिप्पणी गरिरहेका छन् ।
गायिका रचना रिमालले पनि बालेनको यो स्टाटसमा छोटो तर मीठो धारणा राखेकी छन् । बालेनको स्टाटस सेयर गर्दै रिमालले लेखेकी छन्, ‘जीवनमा माया गर्ने एकजना त चाहिन्छ ।’
अविवाहित रचनाको प्रेमबारे बेलाबखत सामाजिक संजालमा चर्चा हुन्छ । उनले समय आएपछि विवाह गर्ने बताउँदै आएकी पनि छन् । यद्यपि, बालेनको उक्त स्टाटसमा रचनाले दिएको टिप्पणीको भने चर्चा भैरहेको छ ।