
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मंगलबार नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालय, रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीसमेत रहेका उनले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन्।
यसअघिका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा ‘मन्त्री कार्यकक्ष’ बनाउन लगाएका थिए । त्यतिबेला घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक थिए । खड्का र घिसिङबिच विवाद चलिरहेको थियो ।