
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्दोलनपछिको सुरक्षाघेराबाट बाहिरिएर फेरि पार्टी काममा फर्किएका छन्।
भदौ २३ र २४ मा जेन-जी आन्दोलन चर्किएपछि प्रचण्डलाई सेनाले सिंहदरबारबाट उद्धार गरी कडा सुरक्षा दिएका थिए। २३ गते काठमाडौँ र इटहरीमा भएको प्रहरी दमनमा १९ जनाको ज्यान गएपछि उनी निरन्तर सुरक्षा निगरानीमा राखिएका थिए।
स्थिति केही सामान्य भएपछि प्रचण्ड सोमबारदेखि पुनः सक्रिय बनेका छन्। उनी छिट्टै आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी कार्यालय निरीक्षणमा जानेछन्। साथै, पछिल्लो राजनीतिक अवस्थामाथि समीक्षा गर्न पदाधिकारी बैठक पनि बोलाउने तयारी भइरहेको छ।