काठमाडौँ । मिटरब्याजमा लगानी गरी करिब ५ करोड असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका कविराज कटुवाल रहेका छन्। ललितपुर प्रहरी परिसरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार कटुवाललाई बुधबार मकवानपुरबाट पक्राउ गरिएको हो।

उनको विरुद्ध अनुचित लेनदेन सम्बन्धी कसुरमा ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रेडिमेड कपडा तथा जुत्ताको व्यापार गर्दै आएका एक युवकले कटुवालविरुद्ध जाहेरी दिएका थिए। जाहेरीमा उनले १ करोड ४० लाख लिएको तर कटुवालले ४ करोड ८६ लाख असुलेको आरोप लगाएका छन्।

कटुवाल पेशाले बडीबिल्डर हुन्। उनी सामाजिक सञ्जालमा पाखुरा फुलाउँदै तस्बिर हाल्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय