latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

काठमाडौँ । बाग्लुङमा पहिरोले पुरिँदा आठ जनाको ज्यान गएको छ ।

मंगलबार बिहानको बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठजनाको ज्यान गएको बागलुङ प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य दुइ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको पहिरोमा परेर मृत्यु भएको छ ।

त्यस्तै वडिगाड–९ बलघाँसका १५ वर्षिय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरि वडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ । बाटोमा हिडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो । बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चार बजे मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय