
रुपन्देही जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एसीसहितको भीआईपी सुविधा दिएको भन्ने दाबी हालै प्रकाशित समाचारपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भयो। तर, गहिरो अध्ययन गर्दा समाचारको आधार, प्रमाण र प्रस्तुतिकरणमा गम्भीर प्रश्नहरू उब्जिएका छन्।
समाचारमा पत्रकारले “विश्वस्त स्रोत” को आधारमा एसी रहेको दाबी गरे तर त्यो दाबी केहि घण्टा पनि टिकेन । रबि लामिछानेलाई एसिसहित भीआईपी सुबिधा भन्ने समाचार लेख्ने पत्रकारले फोहोरको थुप्रोलाई एसिको कम्प्रेसर सोचे पछी त्यस्तो समाचार लखेको पाइएको छ । छतमा राखिएको बिग्रिएको एसीको कम्प्रेसरलाई उनले रबि लामिछानेको कोठामा नै जोडिएको कल्पना गरेर समाचार समेत लेख्न भ्याए । ति पत्रकारले रबि लामिछाने बसेको कोठामा सानो प्वाल पारीएको छ भन्ने दाबी गरेका छन् त्यसो भए त्यो कोठामा रबि कारागार जानु भन्दा पहिला एसीको सुबिधा थियो तर रबि त्यहाँ बस्न थालेपछी किन हटाइयो भने प्रशं खडा भएको छ ।
समाचारमा ‘गुगल स्याटेलाइट इमेज’ मार्फत छतमा सेतो वस्तु देखिएको उल्लेख छ। तर, स्याटेलाइट तस्वीरबाट ठ्याक्कै एसीको कम्प्रेसर हो भन्ने निश्चित गर्न सकिँदैन। र‘गुगल स्याटेलाइट इमेज’ले तत्कालको अवस्था पनि देखाउने हैन ।
समाचारमा भनिएको छ — समाचार सार्वजनिक भएपछि रातारात एसी हटाइयो। तर, एसी जस्तो ठूलो उपकरण हटाउने प्रक्रिया, प्रशासनिक आदेश, वा प्रमाणित प्रत्यक्षदर्शीको विवरण दिइएको छैन। यस्तो ठूलो दाबीलाई पुष्टि गर्न धेरैपक्षीय स्रोत आवश्यक हुन्छ ।
आयोगको टोलीले लामिछानेको कोठामा एसी नदेखेको पुष्टि गरेको छ। ति पत्रकारले भने फेरी अर्को फण्ड निकालेर ‘एसी हटाइसकेपछि मात्र टोली पुगेको’ भन्न भ्याएका छन् ।
पत्रकारितामा धारणा भन्दा तथ्यमा आधारित अनुसन्धान प्राथमिक हुनुपर्छ। पूर्वाग्रही दृष्टिकोणले रिपोर्टलाई निष्पक्षताको मापदण्डबाट तल झार्छ।
कोठाभित्र प्रत्यक्ष हेरेको कसैले पुष्टि गर्यो? एसीको फोटो वा भिडियो सार्वजनिक रूपमा प्रमाणित गरिएको छ? प्रशासन वा स्वतन्त्र निकायले लिखित रूपमा पुष्टि गरे? यी सबै प्रश्न अनुत्तरित छन्।