latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

काठमाडौँ– बंगलादेशमा भेदभाव विरोधी छात्र आन्दोलनका नेता नाहिद इस्लामले गठन हुने भनिएको अन्तरिम सरकारको नेतृत्वका लागि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् ।

बंगलादेशमा जारी आन्दोलनको समन्वय गरिरहेका मध्येका एक इस्लामले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै युनुसको नाम अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् ।

उनले रास्ट्रपतिसँग छिटोभन्दा छिटो युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न पनि आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।

इस्लामले अन्तरिम सरकारको नेतृत्वका बारेमा प्रोफेसर युनुससँग छलफल भइसकेको समेत उल्लेख गरेका छन् ।

‘हामीले मोहम्मद युनुससँग कुरा गरिसकेका छौँ । उहाँ विद्यार्थीको अपिलमा बंगलादेशका लागि जिम्मेवारी लिन सहमत हुनुहुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन ।

भेदभाव विरोधी छात्र आन्दोलनले सल्लाहकार परिषदका अन्य सदस्यको नाम पनि छिट्टै घोषणा गरिने बताएको छ ।

यस अघि पत्रकार सम्मेलनमा इस्लामले भनेका थिए, ‘छात्र–नागरिकद्वारा समर्थन अथवा प्रस्ताव नगरिँदासम्म हामी कुनै पनि प्रकारको सरकारको समर्थन गर्दैनौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय