latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले विपक्षी दलका नेता खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेपछि राष्ट्रपति शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका हुन् । प्रधानमन्त्री हसिनाले राजीनमा दिएसँगै सेना प्रमुख वाकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् ।

सोहीअनुरुप राष्ट्रपति शाहबुद्दीनले समेत सरोकारवालाई सबैलाई समेटेर अन्तरिम सरकार गठन गर्न निर्देशन दिएका छन् । राष्ट्रपति शाहबुद्दीनको सञ्चार टिमका अनुसार बंगलादेश जातीयतावादी दल(बीएनपी) की अध्यक्षसमेत रहेकी जियालाई तत्काल रिहा गर्न आदेश दिइएको हो ।

७८ वर्षीया जिया स्वास्थ्यका अवस्थाका कारण अस्पतालमा उपचाररत छिन् । उनलाई भ्रष्टाचार आरोपमा शेख हसिना सकारले १७ वर्ष जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय