
काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले विवाहित पुरुषसँग विवाहबाहेकको सम्बन्ध राख्ने महिलालाई पनि कानूनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गरिने बताएका छन्।
मन्त्री चौरसियाले काठमाडौंको माइतीघर मण्डलामा अनसनरत बिनु यादवलाई भेट गर्ने क्रममा सो कुरा बताएका हुन्।
उनले भने, “बहुविवाहसम्बन्धी नयाँ कानून आउँदैन। तर, एक जना पुरुषसँग वैवाहिक सम्बन्ध नभईकन सम्बन्ध राख्ने महिलालाई पनि अब कारबाहीको दायरामा ल्याइनेछ।”
यद्यपि, यस सम्बन्धमा औपचारिक विधेयक ल्याउने प्रक्रिया सुरु भइसकेको छैन।
अनसनरत बिनु यादवले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा पीडित महिलालाई न्याय नपाएको भन्दै कानूनी सुधारको माग गर्दै आएकी छन्।
उनको समर्थनमा विभिन्न महिला अधिकारकर्मी र सामाजिक अभियन्ताहरू माइतीघर पुगेका छन्।