latest
बुधबार , भाद्र १८, २०८२

काठमाडौं— सर्लाहीको बागमती नगरपालिका नगर प्रमुख भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतको इजलास — न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाले बुधबार थापालाई दोषी ठहर गर्दै एक वर्ष कैद सजायका साथै बिगो बराबरको जरिवाना गर्ने फैसला सुनाएको हो।

अदालतका अनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेका थिए।

यस मुद्दामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल पनि दोषी ठहर भएका छन्।

तर, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी भने सफाइ पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय