latest
सोमबार , भाद्र १६, २०८२

काठमाडौं – ‘माई पोखरी’ भ्लगको तस्बिर भाइरल भएर चर्चामा आएकी लोकप्रिय कन्टेन्ट क्रिएटर इस्टु कार्कीको हालैको बिकिनी फोटो सामाजिक सञ्जालमा फेरि भाइरल बनेको छ।

इस्टुले नयाँ फोटोसुटमा स्विमसूट, सनग्लास, नेकलेस र कान पछाडि राखिएको सेतो फूलसहित बोल्ड लुकमा पोज दिएकी छन्। फोटोको पृष्ठभूमिमा पोखरी र ताडका रूखहरू देखिन्छन्, जसले गर्मीयामको सौन्दर्य र फ्रेसनेसलाई झल्काउँछ।

उक्त फोटो हालै सुट गरिएको हो र यसले पहिलेको ‘माई पोखरी’ भ्लगभन्दा फरक सन्देश बोकेको छ।

फ्यानहरूले फोटोमा इस्टुको आत्मविश्वास, स्टाइल र फेसन सेन्सको खुलेर प्रशंसा गरेका छन्।धेरैले ‘बोल्ड एण्ड ब्यूटिफुल’ भन्दै कमेन्ट गरेका छन्।

इस्टु कार्की नेपाली डिजिटल दुनियाँमा यात्रा, फेसन र मनोरञ्जन सामग्रीमार्फत लोकप्रिय छिन्।उनका इन्स्टाग्राम र युट्युबमा लाखौं फलोअर्स छन् र उनका भ्लगहरू सधैं भाइरल हुने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय