latest
सोमबार , भाद्र १६, २०८२

ठमेलको चर्चित नगरकोट दोहोरी साँझमा पाखुरा देखाउँदै लफडा गरेका गुण्डा समूहका चार सदस्यको हिरासत अवधि साउन २६ गतेसम्म थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रोपटक म्याद थप गर्दै चारै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

२०७९ साउन १४ गते राति, ठमेलको नगरकोट दोहोरी साँझमा सानुभाइ भनिने युवराज गुरुङ र क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ समूहबीच जम्काभेट हुँदै झगडा भएको थियो।

झगडामा संलग्न रहेको आरोपमा निम्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो: युवराज गुरुङ (सानुभाइ), दीलकुमार तुम्बापो , रवीन्द्र गुरुङ राजेन्द्र गुरुङ (क्लब ओम्निया सञ्चालक)

युवराज र राजेन्द्र ठमेल क्षेत्रका चर्चित ‘गुण्डा’ नाममा परिचित छन्।दुवैजनाको यसअघि पनि पटक–पटक पक्राउ परेका रेकर्ड छन्।दुई वर्षअघि क्लब ओम्नियामै भएको झगडामा पनि युवराजसहित ६ जना पक्राउ परेका थिए।

चारै जनालाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।प्रहरी स्रोतका अनुसार, उनीहरूलाई सार्वजनिक अपराध तथा शान्ति सुरक्षाविरुद्धको कसुर अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय