latest
सोमबार , भाद्र १६, २०८२

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्मा फेरि एकपटक गृहमन्त्री रवि लामिछानेप्रति लक्षित टिप्पणी लिएर संसदमा उभिए।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा रास्वपाको अडानलाई ‘प्रक्रियाभन्दा बाहिरको आन्दोलन’ भनेका छन्। उनले भने, “अख्तियार र छानबिन समिति सक्रिय छन्, त्यसैले प्रक्रियागत छानबिनमा सबैको विश्वास हुनुपर्छ।”

भिजिट भिसा काण्डको सन्दर्भमा शर्मा आफैंले केही तथ्याङ्क प्रस्तुत गर्दै उल्टै रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएको समयमै सबैभन्दा धेरै भिजिट भिसा वितरण भएको दाबी गरे।

उनले भने, “पछिल्ला ५ गृहमन्त्रीको तथ्याङ्क हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै छोटो अवधिमा धेरै भिजिट भिसामा गएको देखियो।” तर त्यसपछि उनले थपे, “त्यसरी त भिजिट भिसामा धेरै मान्छे गएको भन्दै गर्दा रविजीकै पालामा सबैभन्दा धेरै मानव तस्करी भएको भन्ने निष्कर्ष हो त?”

शर्माले रास्वपाको विरोध शैलीप्रति संकेत गर्दै पार्टीलाई “आवेग, अराजक शैली र अडानबाट मुक्त हुन” सुझाव दिए। उनले कानुनी प्रक्रियामा विश्वास गर्नुपर्ने बताए।

तर विश्लेषकहरू भन्छन्, भिजिट भिसा वितरण र मानव तस्करीबीचको सम्बन्धलाई बुझेको नभएझैं गरी प्रस्तुत हुनु आफैंमा गम्भीर कमजोरी हो। मानव तस्करीकै एउटा प्रमुख माध्यमकै रूपमा भिजिट भिसा प्रयोग हुने गरेको यथार्थलाई नजरअन्दाज गर्दै, संख्यात्मक तुलना मात्र गरेर ‘ गृहमन्त्री रहेका रमेश लेखक बचाऊ मोड’मा उभिन खोजिएको देखिन्छ।

भिजिट भिसाको नाममा मानव तस्करीको सञ्जाल र त्योमा राजनीतिक नेतृत्वको संलग्नता भन्ने विषय संसद र सडकमा बहसको केन्द्र बनेको छ।

रास्वपाले गृहमन्त्री रहेका रमेश लेखकमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन चर्काइरहेको छ। सत्तापक्ष भने कानुनी प्रक्रिया अगाडि बढेको भन्दै ‘मुद्धा नथपियोस्’ भन्ने रणनीतिमा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय