
काठमाडौं — काठमाडौं महानगरको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित ४४ वर्षीय बिदुर सापकोटा साउन १६ गते दिउँसोदेखि बेपत्ता भएका छन्। परिवारजनले उनलाई खोजिदिन सबैमा आग्रह गरेका छन्।
परिवारको अनुसार, सापकोटा बिना कुनै जानकारी दिई घरबाट निस्किएका थिए। झन् चिन्ताजनक कुरा त के भने उनी आफ्नो मोबाइल, पर्सलगायतका सबै व्यक्तिगत सामग्री घरमै छाडेर निस्किएका थिए। सोही दिनदेखि अहिलेसम्म उनको कुनै सम्पर्कमा आउन सकेका छैनन्।
परिवारले काठमाडौं प्रहरी परिसरमार्फत निवेदन दर्ता गरिसकेका छन्। तर चार दिन बितिसक्दा पनि हालसम्म सापकोटाको अत्तोपत्तो लाग्न सकेको छैन।
बिदुर सापकोटालाई देख्नुभएको, भेट्नुभएको वा उनीबारे कुनै जानकारी भए निम्न नम्बरहरूमा तत्काल सम्पर्क गर्न परिवारले हार्दिक अनुरोध गरेका छन्:
९८४१४४०६७५, ९८४१८६३९१२ त्यसैगरी, नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि अनुरोध गरिएको छ।